सिन्धुपाल्चोक ,आज बिहानको भूकम्पमा भाग्न खोज्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी घाइते भएका छन् ।

अधिकांश क्षेत्रहरुमा भुकम्पको ठुलै धक्का महसुस भएको छ।

जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार चौतारास्थित जिल्ला कारगारमा पुर्पक्षको लागि थुनामा रहेका भोटेकोशी गाउँपालिका-५ का ३३ वर्षीय स्याङ्बो तामाङ भूकम्प आउँदा आत्तिएर दोश्रो तलाबाट हाम फालेका हुन् ।


हाम्फाल्दा लडेर उनको हात भाँचिएको छ । तामाङको चौतारा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको छ । भने भूकम्पबाट जिल्लाभर मानवीय क्षति भएको खबर आएको छैन। तर भूकम्पले इलाका प्रहरी कार्यालय कोदारीको भवनमा क्षति पुगेको छ। सीमाभेगको तुसारेमा सामान्य पहिरो खसेको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताएका छन्।

मानव बस्तीभन्दा टाढा भएकाले त्यहाँ केही जोखिम नभएको उनको भनाइ रहेको छ । शुक्रबार बिहान प्रसिद्ध आमाछ्योमेन अर्थात् भैरवकुण्ड सहित सीमाक्षेत्रका गाउँदेखि बजारका स्थानीय फेरि भूकम्प आउने त्रासमा घरबाट बाहिर निस्किएर बसेका थिए ।


भोटेकोशी गाउँपालिका-३ का अध्यक्ष निमासोना शेर्पाले यहाँको तुसारेस्थित भीरमा सुख्खा पहिरो झरेपनि अन्यतिर दु:खद घटना नभएको बताएका हुन् । यहाँका खण्डहर बनेका घर थप चर्किएका छन्।तर मानवीय र ठूलो क्षति भने भएको  छैन। उनले जानकारी दिएका छन्।