काठमाडौँ ,सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको छ ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २:५१बजे भूकम्प गएको हो।

भूकम्पको धक्का विराटनगर काठमाडौं लगायत उपत्यकासहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो।

सबै मानिसहरु खुल्ला चौरी र घर बाहिर निस्केका छन्।

अहिलेसम्म क्षतिसम्बन्धी विस्तृत विवरण आउन बाकी छ।