संवाददाता,
रोमा छेत्री, भारत
भारतको, सिलिगुड़ी शहरमा पहिलोपटक दार्जिलिङ जिल्लाको गौरवमय सांस्कृतिक कार्यक्रम तराई हिमालयन महोत्सव सम्पन्न भएको छ।
दार्जिलिङ जिल्ला प्रशासन, सिलिगुड़ी मेट्रोपोलिटन पुलिस अनि सिलिगुड़ी नगर निगरमको संयुक्त आयोजनमा सम्पन्न यस सास्कृति महोत्सव हिजो यहाँको मुख्य सड़क सेभोक रोडदेखि एयरभ्यु मोड़सम्म ह्याप्पी स्ट्रिट फेस्टिबल रुपमा पालन गरिएको छ।
महोत्सवको उदघाटन मेयर गौतम देव, जीटीए प्रमुख कार्यपाल अनित थापा, भाइस चेयरम्यान राजेश चौहान, जिल्ला शासक डा. प्रीति गोयल, उपमेयर रञ्जनशील सरकार, पुलिस कमिश्नर सी सुधाकर लगायत अन्यान्य अधिकारीहरको बाक्लो उपस्थित थियो।




















