- रोमा छेत्री, संवाददाता, भार
भारतीय स्टेट ब्याङ्क, प्रशासनिक कार्यालाय सिलिगुड़ीको आयोजनमा गत शुक्रवारको दिन अन्तरराष्ट्रिय मातृभाषा दिवस भव्य र सभ्य रुपमा पालन गरियो। यस कार्यक्रममा तक्निकी सङ्गोष्ठी तथा काव्य गोष्ठीको पनि आयोजन गरियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि वक्ता वरिष्ठ तक्निकीविद ओ पी अग्रवाल थिए। कार्यक्रममा श्री अग्रवालले मोबाइलोको संसार तथा हिन्दीसँगसँगै भारतीय भाषाहरूमा सामञ्जस्य, कृत्रिम मेधाको क्षेत्रमा हिन्दी तथा भारतीय भाषाहरूको अनुप्रयोगमाथि चर्चा गरे।
कार्यक्रमको दोस्रो चरणमा अन्तरराष्ट्रिय मातृभाषा दिवसलाई केन्द्रित गरेर काव्य गोष्ठी आयोजित गऱ्यो। यस काव्यगोष्ठीमा कवि करणसिंह जैनको नेतृत्वमा बबिता झाँ, नेपाली कवि रोमा छेत्री, सुलेखा सरकार (बङ्ला), सोनी के केडिया र डा. आर पी सिंहले निज निज भाषामा कविता वाचन गरे। काव्य गोष्ठीको सञ्चालन एनएचपीसीका राजभाषा अधिकारी सत्यन्द्र सिंहले गरेका थिए।




















