विराटनगरमा, २०८०/१०/२५ गतेदेखि २८ गतेसम्म संचालित चौथो प्रादेशिक ज्याम्बोरेटको मिति २०८१/१०/२८ गते औपचारिक रूपमा विराटनगरमा सम्पन्न भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्की बाट समुद्घाटन गरि शुभारम्भ भएको चौथो प्रादेशिक ज्याम्बोरेट कार्यक्रमको समापन समारोह नेपाल स्काउट कोशी प्रदेश प्रमुख आयुक्त एवं क्याम्प चिफ हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय राष्ट्रिय सहप्रमुख आयुक्त श्री किरण गिरी राष्ट्रिय सामुदायिक विकास आयुक्त श्री सुदर्शन भट्टराई राष्ट्रिय कार्यकारी समिती सदस्य श्री रवि खनाल श्री नवल प्रसाद उपाध्याय प्रदेश प्रमुख आयुक्तहरु दिनेश यादव मधेस प्रदेश, श्री दिनानाथ भट्टराई लुम्बिनी प्रदेश श्रीकमल बोहरा कर्णाली प्रदेश श्री नरेन्द्र थापा , सुदुरपश्चिम प्रदेश, रास्ट्रीय तदर्थ समिति पुर्व संयोजक श्री लोकबहादुर भण्डारी,राष्ट्रिय युवा परिषद अध्यक्ष श्री पुकार ढकाल,राष्ट्रिय परिषद सदस्यहरुमा श्री अरुण बस्नेत,श्री शिवराम अर्याल, प्रदेश कार्यकारी समितीका पदाधिकारी, प्रदेश परिषद सदस्य, विभिन्न संघ / सस्थाका प्रमुख एवं प्रतिनिधि, प्रदेश युवा परिषदका पदाधिकारी, राष्ट्रिय प्रशिक्षक, स्थानीय प्रमुख, सहायक राष्ट्रिय प्रशिक्षक, स्काउट लिडर, रोभर / रेन्जर, स्काउटको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश सुशासन, स्रोत विकास तथा वित्त आयुक्त श्री समर्पण खतिवडाको स्वागत मन्तव्य रहेको थियो । ज्याम्बोरेटमा कोशी प्रदेशका ७० भन्दा बढी स्थानीय तहका स्काउट र स्काउटर अन्य ६ वटा प्रदेशवाट प्रतिनिधिमुलक रूपमा सहभागिता रहेको थियो ।

कार्यक्रममा स्काउट एवं स्काउट गरी जम्मा ३००० जनाको सहभागिता रहेको थियो । ४ दिनसम्म संचालित ज्याम्बोरेटमा विभिन्न सहासिक, मनोरञ्जनात्मक , बौद्धिक , अध्यात्मिक क्रियाकलापहरुको संचालन भएका थिए ।कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रतियोगी तथा स्थानीय तहलाई पुरस्कार प्रदान गरिएको थियो । नेपाल स्काउटको वृद्धि र विकासमा अतुलनीय योगदान गर्ने स्काउट लिडर लाई सम्मान पत्र प्रदान गरिएको थियो ।यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण पक्षको बिकासमा मद्धत गर्ने ,अनुशासित र आफ्नो जिम्मेवारीप्रति उत्साही बन्ने कुरा ज्याम्बोरेट कार्यक्रमका आयोजक समिति सदस्य प्रदेश स्काउटकी रीता पाठकले जानकारी दिएकी छन् ।


















