अनेकौ उपमा जोड्दै मन्चासीन गराउछ
झर्को लाग्दो गरी हरदम् भट्याउने बनाउछ । १
यता सर्छ उता सर्छ मुसा झै चुल्बुले बनी
पखेंटा भित्रको मैला देखिदैन कतै पनि ।।२
कुर्सी हो घरको सोभा मार्ग हो उक्लने सिंडी
सिंडीको फेदमा जैलै घुम्दछन् आजका पिंडी।३
कुर्सीको मूल्य नै हुन्छ चल्तीमा महंङ्गो अति
कुर्सीको तेजले लान्छ चन्चले मनुवा सती ।।४
बस्यो कि गम्किनै पर्ने अनौठो कद आसन
नछाडौ जसरी हुन्छ पारेर हौसने मन ।५
कुर्सीको खेलले कैलै जान्दैन नीतिको कुरा
पार्दछ मित्र नै शत्रु च्यापेर शत्रुकै छुरा ।।६
हल्लिन्छ कहिले कुर्सी स्वार्थको फेरमा परि
न जोडे स्वार्थको खुट्टो अडिदैन कसैगरी । ७
दाया बाया जता मिल्छ मिल्नु नै छ कता कति
जोगाए स्वधर्मी बन्ने न जोगाए अधोगति ।।८
धमिरा पस्दछन् कैले निम्त्याइ खतरा कति
कुर्सीको फेदमा घुस्दै बस्ने गर्छन् यताउति ।९
चैनको बिपना हुन्न कुर्सी मोह बडे पछि
कुर्सीको भाँचिए खुट्टा ढुङ्गा बन्छन् मिठा लसी ।।१०
भए कुर्सी निकै फूर्ती उम्रन्छन् जोश जाँगर
रौनक घरको बेग्लै लक्ष्मी पस्छिन, सरारस ।११
मरून् या बिग्रिउन् सारा कुर्सी साध्य भए पछि
झर्ला र खाँउला भन्ने रैतीका सुक्दछन् नसी ।। १२
टाँसिन्छ जहिलै कुर्सी रूप फेर्दै थरीथरी
घाटमा नपुग्दा सम्म खालि हुन्न कसैे गरी ।१३
अधैर्य बनिन्छन् मान्छे कुर्सीको आसना कसि
कुर्सी हो तेजको माम्लो खाली हुन्छ मरे पछि ।। १४




















