पाइला थाक्यो,बाटो लामो भयो
थाकेको पाइलाले,म ढल्न खोज्दा
सहारा बन्यौं तिमी!
तिम्रो हात चुपचाप,मेरो काँधमा आयो
र,
भाँचिएको साहस,फेरि टाँसियो आमा!
म हार्दै जाँदा,तिमीले रित्तो भाँडो झैँ
आफ्नो पेट काटेर,मलाई अड्याइरह्यौ।
म रोइरहँदा साथ दियौं,तिमी मुस्कुरायौ,
म अँध्यारो हुँदा,तिमी बत्ती बन्यौ।
बुवा तपाई हुनुहुन्न,
हर रात मेरो थाकेको आत्माले
तपाईँको आशिर्वादको सहारा खोज्छ।
यो संसारमा सबै ढोका बन्द हुँदा पनि
एउटै मात्र अन्तिम आश्रय छ
“तिम्रो माया, आमा!”
श्री भवानी नेपाल




















