विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार र जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्‍याउने गो ग्रिन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरेको छ।

महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइरालाले गो ग्रिन विराटनगरका नविनचन्द्र अधिकारी र सुनौलो अवसर युवा क्लबका पुष्पराज गिरीलाई सम्मानपत्र प्रदान गर्दै वातावरण संरक्षणमा उनीहरूको भूमिकाको प्रशंसा गरे।

कार्यक्रममा मेयर कोइरालाले हरित वातावरण बिना दिगो विकास सम्भव नरहेको उल्लेख गर्दै वृक्षारोपण र वातावरणीय सचेतनालाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बताए। महानगरले आगामी दिनमा हरित क्षेत्र विस्तार, प्रदूषण नियन्त्रण र दिगो शहरी विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ।