दमक । दमक–१० स्थित सेतुमारी पुलमुनि मृत अवस्थामा फेला परेकी युवतीको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक दमक नगरपालिका–८ बसन्त टोल निवासी २१ वर्षीया रमा तिवारी (रोमा) हुन्।

मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शवको सनाखत गरेपछि उनको पहिचान पुष्टि भएको हो।

प्रारम्भिक अनुसन्धानबाट रमा जेठ १३ गते राति करिब ९:३० बजे घरबाट निस्किएकी र त्यसपछि घर नफर्किएको खुलेको प्रहरीले जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।