सेतो प्वाँख
हावाले ल्यायो आज
तपाईँको सम्झनाको स्पर्शजस्तै।
हिजो तपाईँको हातमा
यस्तै प्वाँख अडिएको थियो,
मुस्कानले भरिएको आँखामा
अहिले भने केवल खाली आकाश छ।
यो सेतो प्वाँख
मेरो सम्झनाको लागि राखेको छु
तपाईँ फर्केर आउनुहुन्न भन्ने
सत्य ढाक्न नसक्ने
एउटा सानो,
तर अत्यन्त भारी सम्झना।
तपाईँको हरेक याद
आज सेतो प्वाँख बनेर
कल्पनाको आकाशमा उडिरहेछ….
उडिरहेछ….
उडिरहेछ….
समयको असीमित स्वरूप बनेर!
श्री भवानी नेपाल




















