कागजमा परविर्तन पात्र उहीँ

न सुध्रियो बानी मान्छे मात्र उही

व्यवस्थालाई दोष दिएर पाइन्न पन्छिन्

लैजानु पर्लानी फेरि दोबाटोमा मन्छिन्


बिरामी पनि आफैं धामी पनि आफैं 

टन्न मासुखाई राम नामि पनि आफैं 

खुट्टा दुख्लान बेकार कतै नधाउनु

झुट्टा आश्वासन बोकेर गाउँ नआउनु


पहिले बोलेका कति भए काम

कुर्दाकुर्दै धेरै गए परमधाम 

पर्खिनु पर्ने खास कति बर्ष हो

कागलाई बेल पाके हर्ष न विस्मत भो!!


फेरि पनि नआउनु पहिले झै झुक्याउन

अति भए खति हुन्छ नपरोस् मुक्याउन

कुरा गर्नुस् खस्रो, पर्दैन बरु दल्नलाई घ्यु

सोच विचार गरी पाल्नु होला है नेता ज्यु!!

पुर्णबहादुर श्रेष्ठ हिर्दयङ्कृत काठमाडौ