एक सास थियो ६

एउटा आस थियो ७

उ कहिल्यै नि डगेन ८

तेसैले  केही  लगेन ८

जीवन त सिद्धियो  ७

उ निराश थियो ६


लानेले के लान्छ ६

हात उत्तानै जान्छ ७

उसको तेज      उसंगै ८

अनन्ताकाशमा लान्छ ८

लोभीको कालो धन ७

त्यो पापीले खान्छ ६


मैले भनिदिएँ ६

भन्न मेरो के जान्छ ७

अरु निम्ति मर्ने मान्छे ८

मुर्ख कुरा गर्ने मान्छे   ८

शहीद बनिजान्छ ७

शय वर्ष जिए ६


माघ ४, २०८२. भक्तपुर नेपाल।


[अन्तर्राष्ट्रिय बहुभाषिक कवि सन्तोष कुमार पोखरेलका पोखरेली छन्दका कविता सबैले पढौं र लेखौं।]