म सँग घाइते
दिल
छ !
दिल भित्र पुरानो
खिल
छ !
जिन्दगी चिल
बिल
छ !
मन भारी छ
दुख को
भकारी
छ
समय कुध्दै
छ
उमेर बिध्दै
छ
आशा पलाउदै
छ
निराशा ले
जलाउदै
छ
सपना जल्दै
छ
काया गल्दै
छ
समय ले
छल्दै
छ !
सुख मानौ
कि दुख
जीवन को
रथ वास्तवमा
यसै गरेर
चल्दै
छ !
लब खड्का
बुढानिलकण्ठ
काठमाडौ
२०८२-०९-२०
जय भद्रकाली !




















