बादलको हाल पनि मेरै जस्तो देखिन्छ
केही बोल्दैन निशर्त एकोहोरो वर्षिन्छ
मेरा ओठ बिना बस्छ चुपचाप बाँसुरी
मैले फुक्नासाथ एकाएक निकै बम्किन्छ
निकै ताप हुन्छ जूनको शीतलताभित्र
उसको तागत हेर जब समुद्र बम्किन्छ
अचाक्ली भेदभाव असह्य हुनसक्छ
ज्वालामुखी फुटेमा उम्लेको लावा निक्लिन्छ
आँखाको झिम्काइले अर्थ लाउँछ दोहोरो
कतौ दशा कतै प्रेम प्रस्ताव भइदिन्छ!
देवी पन्थी
विराटनगर




















