आदरणीय पाठक गण यो कथा मेरो होइन मलाई राम्रो लागेर तपाईंहरु समक्ष पुर्याउने आँट गरेको हुँ।
एउटा मानिस बाटोमा हिडिरहेको थियो। उसले एउटा पर्स भेट्यौ। पर्स उठायो खोल्यो हेर्यो। त्यस पर्समा केही रुपैयाँ र एउटा भगवान शिवको तस्वीर थियो। त्यो बटोहीले यताउता हेर्यो र उताबाट एउटा सामान्य मानिस आफैंतिर आउदै गरेको देख्यौ। उसको हातमा त्यो पर्स अहिले पनि छँदैथियो। के यो पर्स तपाईंको हो जो मेरो हातमा छ । ति मानिसले भने यो पर्स मेरो हो । तपाईंको हो भने के प्रमाण छ। यसमा भगवान शिवको तस्वीर छ । त्यति प्रमाणले पुग्दैन अरु प्रमाण दिनुहोस्। ठिक छ त्यसो हो भने एकछिन बस्नुपर्ने हुन्छ।
लौ सुन्नुस् यो पर्स मलाई मेरा बुबाले दिनुभएको हो। यसमा भगवान शिवको तस्वीर थियो। पछि पिता माताको तस्वीर भगवान माथी हाले । आफु लक्का जवान भए । आफ्नो तस्बिर थपे । बिबाह भयो। श्रीमतीको तस्वीर हाले । छोरा छोरी भए उनैको फोटो हाले । पढेबढे हुर्किए बिबाहबारी भयो। नोकरी समाते र हामीहरुलाई छाडेर ठुला सहर पसे । मन बिरक्तियो ।
अनि छोरा छोरीको फोटो निकाले । अलिपछि श्रीमती बिरामी भइन । उनले पनि मलाई एकलै छाडेर परमधाम गइन्।पर्स खोल्दा श्रीमतीको तस्वीरले मन कट्ट दुख्थ्यो।
त्यसलाई निकाले । जवानीको फोटो थियो त्यसलाई हेर्दा आफैंलाई जिस्क्याए जस्तो लाग्न लाग्यो त्यसलाई पनि निकाले। बुबाआमाको तस्वीर निस्कियो उनिहरु त
म भन्दा जवान तस्वीरमा रहेछन् मलाई किन हो त्यो तस्वीर पनि राख्न मन लागेन। त्यसलाई पनि निकाले।
आज त्यस बटुवा पर्समा भगवान शिवको तस्वीरछ मात्र एक रुद्राक्षका साथमा छसय रुपैयाँ छ ।
महोदय तपाईंलाई रुपैयाँ चाहिन्छ भने राख्नुस।
तर मलाई त्यो बटुवा पर्सचै फिर्ता दिनुस । यो मेरा बाबुको निसानी हो। यो मेरो जीवन कहानी हो। बटुवा पर्स भेटने मानिसले पर्स बटुवा दिदै भने बा यो पर्स तपाईंको नै हो यसमा जीवन छ ।।
डमरु बल्लब भणडारी
सुनसरी बलाहा




















