जति हेर्यो हेरिरहुँ लाग्ने यो सहर
साथ उनी भएहुन्थ्यो जाग्यो रहर
प्रकृति र दैवको प्रहार भैदियो
अमृतको भाँडोमा भरियो जहर
साधनाको कमि हो या भावनाको
सधैं अगाडि आइ दिने कस्तो कहर
एकैछिन सपनामा भएपनि आऊ प्रिये
तिर्सना मेटाइदिन्थ्यौ कि मेरो यस्तो ठहर
मेरो प्रेमनगरमा तिमीबाहेक अरू छैन
आशावादी भई पर्खेकी छु प्रत्येक प्रहर
माया पौडेल
•अमेरिकाबाट




















