बोलीमा नै मान्छे असल, बोली नै त हो बिझाउने 

धन दौलत केही हैन, आत्मासन्तुष्टिले हो बचाउने 


ठुलालाई आदर गर्नु बिचार सुन्नु ठुलाहरु कै

बुबा-आमा पहिलो गुरु बन्नु भो पाठ सिकाउने 


पराइ आफ्ना भए बरु आफ्ना पराइ हुँदै गए 

अप्ठ्यारोमा साथ छोडी झन्झन भए रुवाउने 

 

महल भित्र बन्द चरी सुनको पिंजडामा भन्दा

स्वतन्त्र भइ उड्न पाउँदा खुल्ला आकासमै रमाउने 


आँखाको नानी भइ बस्ने सधै मन् मुटु मझेरीमा

आज भोलि ति मान्छे भए मुटुमै आगो लगाउने ! !

शर्मिला  पोखरेल अधिकारी 

विराटनगर १२