दुख्छ छाती आज भोलि जिन्दगीको के भरोसा !
मेट्न थालेँ भाग्य आफ्नै ज्योतिषीको के भरोसा !
आँसु पिउँदै प्यास मेट्छु बाध्यता भो जिन्दगीको
अन्धकार नै प्रिय लाग्छ चाँदनीको के भरोसा ।।
मौनता नै मित्र थियोे जब अचानक क्रोध आयो
भाग्न थाले सुखदका पल निर्दयीको के भरोसा ।।
साथ जिउँने साथ मर्ने प्रेमयात्रा गर्छु भन्थ्यौ
सामु पर्नै लाज मान्ने बैगुणीको के भरोसा ।।
प्रेम रोगी जिर्ण यो मन शुन्यतामा बग्न थाल्दा
यौवनाको साथ खोज्यो ओखतीको के भरोसा ।।
लक्ष्मीप्रसाद फुयाल
मोरङ पथरी शनिश्चरे




















