बुबाले पहिले भन्नु हुन्थ्यो
घरको केही काम गर
माटो सङ्ग खेल
शरिरमा झुल्के घाम भर....
म बुबालाई समय नबुझेको मानिस भन्थें
म बुबालाई म हुनेखानेको छोरा हो भन्थें
बुबा ओठ लेप्र्याउ॔दै
रामायण पढनु हुन्थ्यो ।घ
म बुबालाई यो भ्रम हो भन्थे
आज बुबा हुनु हुन्न ...
मलाई केही भन्नु हुन्न
जीउ असहज हुन्छ ..
शरिर निष्कृयता खोज्छ
खाना जतिनै औषधि हुन्छ ।
डाक्टर भगवान हुन्छन।
अस्पताल मन्दिर हुन्छन।
पल्लघरे साहिंला बा खेत गोडेर फर्कनु हुन्छ।
पसिनामा नुहाउनु हुन्छ।
न कुनै चिन्ता छ न शोक छ ।
न औषधि छ न रोग छ ।
आज बुबाका सत्य भनाई सम्झिरहन्छु
पश्चातापमा डुबि रहन्छु
समय पर.. पुगि सकेको छ
आज म बुबा भएको छु
छोरालाई जीवनशैली सरल बनाउ भन्छु
मेरा कुराको खास अर्थ छैन उसलाई
यो फरक समय हो बा भन्छ...
आधुनिक परिकार मन पर्छ उसलाई
स्वाद र सृङ्गार मनपर्छ उसलाई
निरश बनेर म
टोलाई रहन्छु
एक दिन मेरो छोरा बाबु हुनेछ
म जस्तै डालिमा औषधी राखेर
आफ्नो छोरालाई भन्ने छ
प्राकृतिक खाना खाउ
प्रकृति सङ्ग मिलेर बस
जीवन प्रकृति नै हो
प्रकृति औषधि हो
जीवन समय हो।
समय जीवन हो ।
उसलाई पनि ढिला भएको हुनेछ.....
समय पर पुगिसकेको हुनेछ।
ईन्द्र न्यौपाने
विराटनगर




















