विराटनगर। प्रेस चौतारी विराटनगर महानगर कमिटी गठन गरिएको छ । विराटनगरमा भएको भेलाले निशान्त ढुङ्गानाको अध्यक्षतामा ७ सदस्यीय महानगर कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा रश्मी थापा, सचिवमा रोशन पोखरेल र कोषाध्यक्षमा सम्झना कार्की रहेका छन्। महानगर कमिटीको सदस्यहरुमा सुजाता राई, राम खत्री र काजल देव रहेको प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापाले जानकारी दिइन।
महानगर कमिटी गठन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रेस चौतारी नेपाल केन्द्रीय सचिव विक्रम लुइँटेल, कोशी अध्यक्ष सुमन पुरी, एमाले मोरङ उपसचिव तथा प्रचार विभाग प्रमुख सन्तोष बान्तवा, एमाले महानगर कमिटी सचिव विज्ञान शर्मा लगायतको उपस्थिति रहेको थियो ।
महानगर कमिटी गठनको अवसरमा एसईई परीक्षामा ४.० जिपीए ल्याउने प्रेस चौतारी कोशी प्रदेश कमिटी सदस्य श्यामसुन्दर सुतिहारका छोरा श्रेय शर्मालाई सम्मान गरिएको थियो ।





















