विराटनगर । हलेसी दर्शन गरेर फर्किएको एउटा गाडी सोमबार विहान दुर्घटनामा परेको छ ।
सिराहाबाट रिजर्वमा हलेली गएर फर्किएको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी खोटाङको हलेसी तुवाचुङ–२ जयरामघाट नजिकै भिरबाट खसेर दुर्घटनामा परेको हो।
गाडीमा सवार १७ जना यात्रु मध्ये कम्तिमा चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरी र स्थानीयबासीले सडकबाट डेढ सय मिटर तल खसेको गाडीबाट घाइतेहरूको उद्दार गरेका छन् ।
घाइतेहरूको घुर्मीस्थित अस्पतालमा उपचार भइरहेको जानकारी आएको छ । चालक फरार रहेकोले खोजी भइरहेको खोटाङ प्रहरीले जानकारी दिएको छ ।




















