अन्तिम प्याक

तिम्रो लागि राखेको छु 


अन्तिम पटक

आऊ एक अञ्जुली प्रेम घाेलेर

एक डबका माया मिसाएर पिउनु र पिलाउनु 


भोलि छुट्टिनु त छँदैछ

भाेली एकान्तमा बसेर सम्झिनु त छँदैछ

हुनसक्छ याे अन्तिम रात याे अन्तिम भेट 


ओठले ओठमै छोडेर जाऊ

सम्हाली राखुँला याे अन्तिम निशानी

जाँदा सँगै लिएर जाउँला

हुनसक्छ  याे अन्तिम चुम्बन 


कहिल्यै नसकिने नशा लागोस् प्रेमको

एक खिली चुराेट

हामी बाँचेजस्ताे आधा आधा तानाैँला

एक सर्को धुवाँले पुरै जिन्दगी छाेपाैँला

याे बाँकी जिन्दगी आधा तिम्राे आधा मेराे 


एकदिन सक्किनु त छँदैछ

एकदिन जानु त छँदैछ संसार छाेडेर

यो अन्तिम भेट  हामी दुवैकाे 


आऊ,अब

     बाँकी प्रेम

             रित्ताएर जाऊ !

रोमा लम्साल "नुरा" 

सप्तरी हाल काठमाडौं