हैन रातको बाह् बजिसक्यो सुत्ने हैन भन्या ?केटाकेटी उज्यालोमा चाँडै ब्यूँझन्छन् ।भोलि लेखेपनि त हुन्छ नि ? लेख्न थालेपछि हजुरलाई केहिको चिन्ता हुँदैन है ? न घर न केटा केटीको चिन्ता अब कति बस्ने हो यसरी यो डेरामा मात्रै ?केटाकेटीहरू ठुला भैसके एउटा कोठामा साँघुरिएर अब कसरी चल्छ खै हजुरले केही सोच्नु भा छ ?खाली लेख्न पाए हून्छ कसैको वास्ता छैन् हजुरलाई ?

श्रीमती एकोहोरो फलाकी... रहन्छिन । आशाकाजीलाई श्रीमतीको कुराले केहि प्रभाव पार्दैन ।ऊ आफ्नै शुरमा लेखिरहन्छ ।श्रीमती झन् कराउन थाल्छिन ।हैन हजुरले किन नसुन्या भन्या रात दिन साहित्य भनेको छ दौडिएको छ ,घरमा हुँदा लेखेको लेख्यैछ समयमा पाकेको खाना पनि हिँउजस्तै नभै खान पाईँदैन न रातमा चाँडै सुत्न पाईन्छ ,म त दिक्दार भैसकेँ यसरी लेख्नुपर्ने मान्छेले त आफ्नो छुट्टै घर बनाउनु अनि छुटै कोठा बनाउनु अनि पो को कराईरहन्छ ।आशाकाजी अझै लेख्नमा व्यस्त छ ।ऊ अझै मौन छ ।श्रीमतीलाई खपिसक्नु हुँदैन र रिसले क्रोधित हुँदै हैन हजुर यो त अति भयो किन नटेरेको भन्या रातको २ बजिसक्यो अझै सुत्न पाइएन , हैन यो सेतो कागजमा नचाहिँदा कुराहरू लेखेर रातरात भर के पाउँछौ हँ ?आफ्नो मान्छे ठाँउमा हुनेले दुइ चार वटा कविता कथा लेखेर पुरस्कार पाएकाछन् ।हजुरको यत्रो रातदिनको मेहनत र यो लेखाइ र साहित्य साधनाले खै अहिलेसम्म के दियो ? के पाउनु भयो ? एक पैसाको पुरस्कार पाएको होइन । ब्यर्थ हामीलाई दुःख दिनुभा छ ।श्रीमतीको यस्तो कुरा सुनेर आशाकाजीको मौनता भङ्ग

हुन्छ ।

आशाकाजी भन्छन, हेर सानुमाया -मैले यो रातदिन कलम र कागजमा घोटिएको साहित्य साधनामा लागेको कुनै पुरस्कार र सम्मान पाउँला भनेर होइन बुझ्यौ ?मलाइ पुरस्कारको कुनै लोभ छैन् लालसा छैन् । राष्ट राष्टियता प्रतिको एउटा जिम्मेवारी निभाएको हुँ । म मेरो कलमबाट सुतेको राष्ट्र ब्युँझाउन चाहान्छु । म पुरस्कार लिएर राष्ट्रको साहित्यिक फाँट नाङ्गिएको हेर्न चाहान्न ।हो सानु ,वास्तवमा पुरस्कार नै सबथोक होइन ।मलाइ मेरा पाठक र आफन्तहरूले दिएको माया नै ठुलो पुरस्कार हो ।

 -पुष्प अधिकारी अञ्जलि

- गजलगृह भरतपुर चितवन ।