विराटनगर।सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा आज सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयको अनुसार बालेश्वर खंग मण्डल र उनकी श्रीमती रामकुमारी खंगको विद्युत्बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो।
प्रहरी निरीक्षक उदयकुमार राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्लाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो ।




















