विराटनगर।प्रधानमन्त्री केपी शर्मा ओलीले पानीको संकटले सुख्खाग्रस्त मधेसमा पानीको समस्या दीर्घकालीन समाधानका लागि सरकार जुटिसकेको बताएको छ।
शुक्रबार बाराको परवानीपुर गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनीक भवनको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई सरकारले विपद् संकटग्रस्त घोषणा गरेर यहाँ उत्पन्न पानीको समस्या दीर्घकालीन समाधानका लागि काम थालिसकेको बताएका छन्।
उनले मधेस प्रदेशका १ लाख ८५ हजार बिघा खेतियोग्य जग्गा सिंचाईका लागि सुनकोशी मरिन डाइभर्सन सिंचाई परियोजनाको काम तिब्र गतिमा काम अगाडि बढिरहेको बताए। उनले देशमा केही पनि भएन भन्ने होइन धेरै कामहरू भएको दाबी गर्दै सरकारलाई कामगर्न नदिने प्रविती देखा परेको छ।तर हामी त्यसको सामना गर्दै अगाडि बढेको बताए।




















