खै के दियौ जनतालाई भन नेता घन्टा दियौ 

गरिबलाई जहिले नि दुःख अनि लन्ठा दियौ।


कामको माखो मार्दैनौ केही भ्रष्टाचारमै लिप्त 

हाम्रो देशको हालत  हेर्दा हुन्छ   मन विक्षिप्त

नागरिकलाई उपहार  त लफडा र टन्टा दियौ

गरिबलाई जहिले नि दुःख अनि लन्ठा दियौ।


जनतालाई आशा  देखाई गर्छौ  विश्वासघात

आफ्नै हुक्के हनुमानलाई  मात्रै दिन्छौ साथ

दुखियामाथि  झेल गरेर मात्र अन्टसन्ट दियौ

गरिबलाई जहिले नि दुःख अनि लन्ठा दियौ।


चुनाव आउँदा खुट्टा ढोगी बाँडेउ भात र मासु

चुनाव  जितेउ  उपहारमा  दियौ  पिर र आँसु

देखाएर स्याउ र केरा दिँदा चाहिँ भान्टा दियौ

गरिबलाई  जहिले नि दुःख अनि लन्ठा दियौ।


✍ नवशिला।

बेलबारी-२,लालभित्ती,मोरङ।