विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा जग्गासम्बन्धी विवाद हुँदा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । बुधबार बिहान मोहम्मद रियाज अन्सारीले आफ्ना ६० वर्षीय बाबु सचिव अन्सारीको छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार रियाजले बाबुको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएका सचिवलाई विराटनगरको गोल्डेन अस्पताल लगिएको उपचारकै क्रममा उनको मृत्यु भएको थियो।प्रहरीले हत्यामा संलग्न छोरा मोहम्मद रियाज अन्सारीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।




















