विराटनगर।२०८२/४/३:खोटाङ सामाजिक सेवा मञ्च उन्नयन उपसमितिको आयोजनामा बहुभाषी सिर्जनात्मक उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।

साहित्यकार, संस्कृतिकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि-  सिँचाइ तथा ऊर्जामन्त्री माननीय एकराज कार्कीले उद्घाटन गरेका थिए। 

साहित्यिक योगदानका लागि प्रा. डा. गोपालप्रसाद भण्डारीलाई विशेष सम्मान गरिएको थियो। साहित्यमा विशिष्ट पहिचान बनाएका बलराम पोखरेल, कविराज न्यौपाने, सरला चापागाईं, हरिहर भण्डारी, गायत्रीकुमार चापागाईं   महेश रेग्मी, उपसमिती संयोजक बाबुराम पोखरेलको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य रोहिणी रसिकले गरे।

स्रष्टाहरुले नेपाली, हिन्दी, मैथिली लगायत विविध भाषामा कविता, लघुकथा, गीत तथा अन्य रचनाहरू प्रस्तुत गरेका थिए।भने कार्यक्रमको संचालन लक्ष्मी पोखरेको रहेको थियो।