चरीत्र हत्या हुनेको चरीत्र हुनुपर्छ

अपराधीको त मन पबित्र हुनुपर्छ।


काम पर्दा त म्याँउ म्याँउ गर्नेहरुले

सकिएपछि गुन मनभित्र हुनुपर्छ।


बाहिर बाहिर लौ फ्याउरा झै बासेर

हिर्दयमा हरि बसेको चित्र हुनुपर्छ।


पृथ्वी गोलो संजाल ठुलोछ महोदय 

इमानदार भै आउ अब मित्र हुनुपर्छ।।


सविना  श्रेष्ठ 

बिराटनगर १२