जब विचित्रको, रूप देखियो
श्वास थामियो, पाउ रोकियो
धरतीमा भए जति मरे सबै
वायुयानमा , ज्यान जोगियो
युद्धको घडीमा रहेछु म
ओतमा हुँदा धन्न बाँचियो
जागिरे भइन् जब प्रिया मेरी
आज हर्षले बल्ल हाँसियो
जातपात छोडी बिहे हुँंदा
प्रेमको अमर दीप बालियो
देवी पन्थी
विराटनगर ११




















