धरान।सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा सोमबार राति एक १७ वर्षीया किशोरीको गोली हानी हत्या गरिएको छ।
टाउकोमा गोली लागेका कारण किशोरी अर्चना खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
हत्या घटनामा मृतक किशोरीका आफ्नै भिनाजु संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।




















