माटाे उत्तम बास बस्न सजिलाे चूँदी र रम्घा दुबै
हेर्दै लायक काे पहाड थलहाे प्याराे हुने भाे खुबै
त्याे बेला तक भानु भक्त कविले खेती गरी बस्दथे
बेला माफिकका अनेक रसमा गाथा हरू रच्दथे
१.
घाँसीकाे मन त्यो बुजेर कविले आदर्शवदी बनी
लेखेका रस काब्यथे समयका उस्तै छ प्रश्नाेत्तरी
त्याेआध्यात्म कथाअपार रसिलाेआजन्म प्याराेगरी
लेखे राम कथा अनन्त रहने भावार्थ उल्था गरी
२.
गाईन्थ्याे घर गाउँमा हरघडी श्री राम नारायण
मान्छौँ दौलत याे गरेर ममता सत्कीर्ति रामायण
सुन्छौँ राम कथा परस्पर मिली याे भानुकाे सिर्जना
पूजा पाठ हुँदा सदा घर घरै गर्छौँ निजै किर्तन
३.
भाषा एक थिएन त्याे समयमा याे शिद्ध बन्दै गयाे
साराका मुखबाट गुञ्जन भई सम्पर्क भाषा भयाे
भाषाका रितबाट याे मुलुककाे आवाद बढ्दै गयाे
नेपाली खस भाष्यकाे जग उठी याे राष्ट्रभाषा बन्याे
४.
त्याे बेला मदयुक्त शास्त्र रसकाे सारंस पस्कीदियौ
आफैँमा मधु तुल्य थ्यो रससुधा पाएर प्यूदै गयौँ
नेपाली मनकाे अमूल्य गहना श्रृङ्गार काे हारछ
यस्ताे कार्य गरी सदा अमरछौ हाम्राे नमस्कार छ
५. शारदा कार्की
विराटनगर




















