उनको बस्ने ठाउबाट नजिकै छ समुन्द्र ..

समुन्द्र किनारमा खेलेका बालकहरू एकोहोरो हेरि रहन्छीन उनी....

कोही बालुवामा लडछन उठन खोज्दछन

पानीको छालले बेला बेला भिजाउछ...

सङै भएका आइमाईहरूले  उनीहरूलाई खेलाई रहेका छन ..

सायद उनीहरू तिनीहरूका आमा या आफन्त होलान...

आहा!!

कति रमाईलो 

एकजना बालिका दौडेर आउदा 

 मनमायाँका हातहरू  आफैं फैलिएछन...

झसङ्ग  भइन मनमायाँ....

उनलाई  उनीहरूले बोलेको भाषा आउदैन 

संस्कृति र चालचलन थाहा छैन

यद्पी  प्रेम र जिम्मेवारी आफैं फैलियो उनको मनमा ..


मनमायाँ  अभिभावकले पाउने भिषामा यूरोप पुगेकी हुन 

छोरा बुहारी  काममा निस्कने बेला घरको नानी हेरविचार उनको काम हो ।

सकेको र जानेको कामहरू गर्छीन मनमायाँ ...

शिक्षित भएर पनि पुरानो पुष्ताकी  मानिसहुन मनमायाँ 

घरका धेरै आधुनिक सामानहरू चलाउनै आउदैन उनलाई 


बिरानो मुलुक  नसाथी सङ्ङी...अस्पट भएर पनि  आफ्ना सन्तानको खुसी र भविष्यसँग  आफूलाई  सादगी बनाउन प्रयत्‍नरत छन उनी...


मेल, बेमेल ,तनाव र पिडा भोगेर यो उमेर काटेको छ मनमायाँको ...


गएको साता आफूले लगाएको कपडाले नातीनीको मुख पुछिदिएको निहुँमा बुहारी सङ्ग  तेती राम्रो छैन उनको 

खासमा उनले नेपकिन सम्झनै सकिनन उनले जानेको तेही थियो...


छोरा घरमा नभएको बेला मूर्धन्य  सून्य हुन्छ परिवेश 


-----नचलाउनु  है तपाई नानीलाई ....लगाएको कपडाले   मुख पुछि दिएर पाखे पन देखाउनु भयो हैन ?भयो म मेरो छोरी आफैं हेर्छु....


मनमायाँको मष्तिष्कमा बुहारीको त्यो बाणी पलपल काँडा बिझे जसरी घुमिरहन्छ ...

छोरालाई  कतै नबिजोस र नदुखोस भनेर मौन छन उनी...


२९बर्ष पहिले  छोरा जन्मना साथ लोग्ने सङ्ग  मनमुटाव बढ्यो अन्तत लोग्नेले अर्को घरजम गरेर उनलाई छाडिदिए ...

बिपतको कालो हुरी बैसमै  आएको थियो उनलाई

 उनले काखको छोराको खुसी र भविष्यमा आफ्ना सपनाहरू साटिन र कठोर ब्रत बसिन जीवनमा....


माइतीको  सहारा पनि बुहारीहरू आए पछी आफै घटेर गयो तर छोरा बढ्दै थियो 

पढाई राम्रो थियो 


छोराको उच्च शिक्षा अध्ययन को लागि यूरोप जाने भिषा लागेको दिन धित मरून्जेल रहेको थिईन उनी  

उनमा आत्तेस,खुसी, कौतुहलता के के ले भिजायो सिरानी रातभर....

आफ्नो जीवन 

अभाव तनाव  भोको पेट 

मरेको बैंस र सफल सपनाहरूले पोलिरह्यो उनलाई ....


दिनहरू बित्दै थिए 

जसरी तसरी ...


यूरोप को पहिलो छुट्टीमा फर्किएर आएपछि  छोराको  बिवाह भयो ...

खुसी उमङ्ग  बेहिसाब  मात्तिएका थिए उनका 


बिवाह पछी छोरा बुहारी नै यूरोप तिरै बस्न थालेका थिए  यूरोप बस्न थाले पछी काखमा  एउटा नानी पनि भयो ...


मनमायाँले भगवानलाई पुकारिन प्रभु मेरो जीवनको फरक परिवेश भै सक्यो मेरो छोरा बुहारी र मेरा सन्तानलाई आशीर्वाद  देउ यीनीहरूको म देवता बन्न सकौ...


लामो क्लपना खेलाएर मनमाया कोठातिर लाग्न उठीन र पानीको बोतल टिपिन  ...

समुद्र किनारमा एकादुइ मात्र मानिस छन यसबेला...

अँध्यारो  महसुस हुदैछ बिस्तारै ...


घरको चेन गेट खोलेर उनी कोठा भित्र छिरिन 

नानी दौडदै आइन ...आमा आमा ...भनेर

उनले हात मात्र फैलाएकी थिईन 

परबाट बुहारी  झोक्किंदै आईन र नानीलाई बोकेर गालि गर्दै आफ्नो कोठा तीर लगिन....


 मनमायाँ आफ्ना सपनाहरू जलेको आगो देखेर आफ्नो कोठातिर  पसिन......

 बिजुली बालेर कोठा उज्यालो बनाउन उनका हातहरू लागेनन.....

शव्द बिहीन आफ्नो हृदयमा आफैंले हात राखिन मनमनै बोलीन

के सजाय दिईरहेछौ भगवान आखिर  मलाई......

थाहै नभई  आंसुले उनलाई धोईसकेछ


भिजेको सिरानीमा हात राखेर मनमायाँ कोल्टे फेरिन  

इन्द्र न्यौपाने 

विराटनगर