हिजो सम्म मलाई
देख्न सक्दैन थ्यौ
मलाई टाढै राख्न खोजथ्यौ
मैले तिम्रा लागि जति राम्रो
सोचेपनी
तिरस्कार नै त गर्थ्यौ।
बन पाखा सुक्न नदिन
मैले हरियो भएर बसेँ
खोल्सा खोल्सिमापनि
तन्नै ढाकेर बसेँ
त्यो तिमीले खै बुझ्यौ?
राइमाइलाले तेतिकै
गाउँ छाडेको काँ होर?
रैनी साइली तेतिकै बिदेशीएकि
काँ होर?
जब सबै थोकको पुर्ती थियो
म चाहिएन मेरो नाम समेत
घृणा गर्यौ
देख्नै सकेनौ आखिर
तिम्रो घमण्ड कतिदिन टिको
भनत?
हातमा ढिडोको डल्लो बोकेर
मेरै बाटो हेर्न थाल्यौ
मेरै छेउ धाउन थाल्यौ
म बिना त तिम्रो जिन्दगी चल्नुपनित पर्यो
बिर्खेले गाउँ बेचेर शहर किनेको
तेतिकै काँ होर?
लु आउ अब हामी मिलेर जाउँ
चौरासी मनाउनै बाकिछ
हामी सामिप्य गासौ
हातमा हात साथमा साथ मिलाएर
एकसाथ रमाएर मिलौँला
तिमीपनि हिजो सिस्नु र ढिडो
टोकेकै हौ हामी मिलेर जाउँला
आमाको पछेरी च्यातेर
उफ्रिउँला बुरुक बुरुक
यो सत्ता ढल्न दिनु हुँदैन
र फल्नपनी दिनु हुँदैन
सिस्नु भनेर हेप्नेलाइ
देखाउँनै पर्छ।
मिना श्रेष्ठ सबि
बिराटनगर १२




















