मैले जिएको जिन्दगी 

फरक होला सायद 

बिहानीको कलिलो

घामलेपनी पिल्स्याउँछ।


सिर सिरे हावालेपनी कुट्छ

भर्खरको कोपिलाले कुट्छ

फूल कोत के कुरा गरुँ?

झन धेरै पीडा दिन्छ।


सायद मैले जिन्दगी जिउनै

नजानेको हुनसक्छ 

तिमीले खेदी खेदी दिएर 

गएको गहिरो 

घाउ पुरिन कति युग बाच्नु पर्नेहो

थाहा छैन।


तर यही युग बाच्न कति कठिनछ

भोग्दैछु

बर्खेझरी पर्छ ठोकिन्छ

पाछेर जान्छ

पहाड आएर ठोकिन्छ

ताछेर जान्छ।


लस्करै कुइरो आउँछ धकेलेर

जान्छ

थोपा थोपा पानी पर्छ

तप तप घोचेर जान्छ

यो कस्तो अनौठो घाउ

आगोको लपक्का आउँछ

पिल्स्याएर जान्छ

नदि किनारमा लडिरहेछु

छालले भिजाए जान्छ।


एउटा सुकेको मुँढो झै

यो गहिरो घाउको खत

पुर्ने सपनाबोकेर

म ढलिरहेछु।


मिना श्रेष्ठ सवि

बिराटनगर १२