हुन त म कान हुँ
आफ्नो जिम्मेवार बाट
बिल्कुल परेशान छु
गालिको बर्षा होस्
या तालिको
राम्रो होस्
या नराम्रो होस्
सुनेर ,सहेर जहिले हैरान
हैरान हैरान हेरान छु
हया छोडदिनु भो
आखिर म कान त हुँ,
चस्माको भारी
दुइतिरै बोकेर
डंडाले थिचिएको
आंखाको मामलामा
मान्नुहोस् नमान्नुहोस्
बिल्कुल
पहलवान हुँ
खैर छोड़दिनुस् भो
दुइटा लोति
दुइतिर झुण्डिएको
आखिर म कानै त हुँ।
हातले काम बिगार्छ
कहिले थुतुनाले
आनन्द लिन्छ आखाले
बटारिन्छु म जहिले
किनकि कुरा मिलाउन
जान्दिन चुप बस्छु
म सङ शब्द हुदैनन्
कसरि सुनाउ व्यथा
भयो भयो छोड्नुस्
म जाबो कान त हुँ
दुर्भाग्य हेर्नु न
लोति मेरो छेडिन्छ
वाह वाह पाउछ मान्छेले
कामदारको चुरोट
सिल्पकारको कलम
दर्द पीडा मलाई
चुपचाप सहेर बस्छु
थाहा सबे छ म बोल्दिन
खैर छोडिदिनु
किनकि म मूल्यहिन कान न हुँ
आँखालाई
गाजल
ओँठलाई लाली
जिब्रोलाई परिकार
सबैलाई हाई हाई
मेरो लागि के छ?
न शौक
न श्रृंगार
बस दुखै दुःखको
भरमार छ
न कविको कवितामा
न कथामा न सङ्गीतमा
न रामायणमा न पुराणमा
मलाई कसले सम्झेको छ र?
न तारिफ छ न सम्मान छ
कहिले त लाग्छ
कचरादानी हुँ
मेरो केहि गुनासो छैन
किनकि
म जाबो एक थान कान हुँ।
यो दुःख दर्द
कसलाई सुनाउँ?
के गरुँ के नगरुँ?
कसरि कति सहुँ?
सबै सहेर लााग्छ
साला म आफै बेईमान हुँ।
भयो यार भयो छोडदिनु
आखिर
म त्यही लोतिवाला कान हुँ।
आँसु पोख्छे आँखा
साथ दिन्छ नाकले
चार उङगुल टाढा छु
सधै बेखबर छु
चिप्केको छु दुईतिर
लाग्छ कहिलेकाहीँ
मतलव बिनाको
सामान हुँ
छोडि दिनुहोस्
आखिर मेरो परिचय यही हो
सबैको नजरमा ओझेल परेको
भयंकर कान हुँ।
बालकुमार क्षेत्री
साइनो
पैयुँ गा पा ४
पर्वत




















