विराटनगर। कारागारमा १ हजार ४४ जना कैदीबन्दी रहेका छन् । कारागारको २ वटा भवनमा १ हजार ४४ जना कैदीबन्दी रहेको विराटनगर कारागारका प्रमुख गौरव ढुंगेलले जानकारी दिए ।

विराटनगर कारागारको २ भवनमा ९ सय ३२ जना पुरुष, १०९ जना महिला र महिलासँग आश्रित अन्य ३ महिला गरी १ हजार ४४ जना कैदीबन्दी रहेको ढुंगेलले बताएका छन्।

जिल्ला कारागार मोरङ विराटनगरमा कैदीबन्दीका लागि ३६ करोड रुपैयाँको लागतमा निर्माण गरिएको भवनको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मंगलबार उद्घाटन गरेका छन् ।