विराटनगर।नेपाल सरकारले विराटनगर भन्सार कार्यालयमा निर्माण गरेको प्रादेशिक आपतकालीन गोदाम घर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् ।
नेपाल सरकारको गृह मन्त्रालयले मंगलबार विराटनगर भन्सार कार्यालयमा एक समारोहको आयोजना गरेर प्रादेशिक आपतकालीन गोदाम घर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गोदाम घर हस्तान्तरण गरेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघिय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्ने क्रममा गोदाम घर हस्तान्तरण भएको बताए ।




















