विराटनगर।विराटनगरमा गुडिरहेको टिपरमा आगो लागेको छ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१९ मिलन चोकमा प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा आज दिउँसो २ :30 बजेतिर एक्कासि आगो लागेको हो ।

विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै गरेको टिपर सुनसरीको इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए । टिपरमा कसरी एक्कासि आगलागी भयो भन्नेबारे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।