शहरमा नयाँ वर्षको आगमन

दिप जलाएर पर्खिरहेका छन्।

उता गाउँको झुपडीमा टुकि बाल्ने

मट्टीतेल भेटिदैन अन्धकार छ।


यता सबैको घरम भित्ते पात्रो फेरियो

नयाँ साल भन्दै होटका बारमा खुट्टो

हाल्ने ठाउ छैन।

उता मेरा बाले एक सरो लुगा फेर्न

समेत पाएका छैनन्।


घरको चुहिने छानो जस्ता हाल्छु

भन्दै मुङ्लान पसेको छोरा 

अहिले सम्म घर फर्केको छैन।

साहुको रिन तिर्न नसकेर

ठुलेको घरमा नोकर बसेकी मेरि बहिनी 

जवानी बन्दगि राखेर

घाँस दाउरा गर्दै छे।


मेरि आमा छोराको पिरले

मुटुको रोगी भएर ह्यप्यक ह्याप्याक

गर्दै श्वास अल्झाइ रहेकी छिन्।

अब तपाईं नै भन्नुहोस् ए महोदय 

यो नयाँ वर्ष  वर्षौ वर्ष किन आइरहन्छ??

र कस्ता मान्छेलाई धेरै र

 कस्ता मान्छेलाई थोरै 

आउँछ??

सविना श्रेष्ठ 

विराटनगर १२