शरीरले 

आराम खोजिरहेको बेला

परिस्थितिले  

पैसा पैसा भन्छ

मनले 

कुनै उपाय सोच्न सक्दैन

दिमागलाई 

एकरति शान्ति छैन

तैपनि 

लर्खराउँदै 

लर्खराउँदै 

पाइला चाल्न बाध्य हुँदोरहेछ

सहन गारो हुँदा 

व्यथा पनि

हात हल्लाई रहेछु 

चलाई रहेछु

जाँतोझैँँ घुमाउनै पर्छ 

जीवन!

बाँच्न कठिन भो भन्दैमा 

कहाँ समय रोकिन्छ र ? 

अथाह पीडा दबाएर

बगेका आँसुको ताल

आँखैमा जमाएर

खुसी खोज्दै छु 

आफ्नै समीप

जीवनका 

अनेक सवाल लिएर

बिरक्तिएको बेला 

लाग्छ

पापले 

धर्ममाथि अत्यचार गर्दा

धनले 

विद्यामाथि शासन गर्दा

अबको गति के हुन्छ ??


                     अम्बिका खरेल उप्रेती

                     विराटनगर १२