मोरङ । सुन्दरहरैँचाका स्रष्टा पुरन याक्खाका एकैसाथ दुईओटा कृतिको लोकार्पण गरिएको छ । भानु साझा पुस्तकालय, मोरङको आयोजनामा सम्पन्न कार्यक्रममा याक्खाका ‘गर्भभित्र’ (कवितासङ्ग्रह) र ‘झुपडी’ (कथासङ्ग्रह) लोकार्पण भएका हुन् ।
वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कवि टीका आत्रेय र कवि बम देवानले लोकार्पित कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कवि मनु मञ्जिल, लेखक तथा अनुसन्धाता केशु विरही, भानु साझा पुस्तकालयका पूर्व अध्यक्ष विरेश राई, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख पीतकुमार श्रेष्ठ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेगायतको शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा अग्रज स्रष्टा कृष्णविनोद लम्साल, कवि तथा कोसी प्रदेश सांसद मीना श्रेष्ठ, अच्छा राई रसिक साहित्य प्रतिष्ठान, इटहरीका अध्यक्ष केशव सुनाम, पूर्व अध्यक्ष लेखनाथ घिमिरे, झोराहाट नाट्य समूहका अध्यक्ष, कवि भरत बर्बरिक, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, कण लघुकथा मञ्चका अध्यक्ष दीप मङ्ग्राती, हामी र हाम्रो कृति समाजका सदस्य एवम् मुक्तक अभियन्ता नवराज पोखरेल ‘नवशिला’, स्रष्टाहरू रोहिणी रसिक, प्रिन्स प्रमोद ढकाल, किरन टी लिम्बू, यादव भट्टराई, पत्रकार तथा समीक्षक खेमचन्द्र अधिकारी, लेखक तथा पत्रकार मणिराम दाहाललगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष एवम् कृतिकार पुरन याक्खाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने भानु साझा पुस्तकालय साहित्य सचिव गीताप्रसाद श्रेष्ठको रहेको थियो ।




















