आफ्नै हत्केला जलाएर
एक अञ्जुली उज्यालो बोकी
तिम्रै खुशीका खातिर
गन्तव्य तर्फ बढ्दै थियो
एक जुनकीरी!
अफसोच
अँध्यारोमा रम्ने तिमी
अँध्यारोमै जम्ने तिमी
उज्यालो सँग डराएर
दुष्टताको कुचक्रले
रावणले जटायुका प्वाँख काटे झैं
छिचिमिराको मार्ग खोल्न
जुनकिरीका प्वाँख छिनाल्यौ।।
कोही विस्थापित हुँदा
कोही स्थापित हुन्छन्
जोगी हो वा भोगी
कर्म द्वारा गन्तव्य तय हुन्छ
कोही पुजित् भएर जान्छन्
कोही श्रापित् भएर जान्छन्,
जुनकीरी धिप्धिपाउँदै
जनताको आँचलमा झर्यो
तिमी कहाँ पुग्यौं ??
लक्ष्मि प्रसाद फुयाल
मोरङ पथरी शनिस्चरे




















