सर सर गरि हिड्ने गर्छु सन्ध्या बिहान

फरफर  गरि हावा चल्छ बारी  सिरान

लह लह भइ झुल्ने गर्दछन् रङ्ग रङ्ग

तर मन पुतली  झैँ  छैन उड्ने  उमङ्ग।

....

सब जन अघि भन्थे खेत बारी छ हाम्राे

शहरतिर   नबस्ने   गाउँ नै   हुन्छ राम्रो

यस बखत स्वयंले एक अर्काे उचाल्याे  

छल कपट अनेकौँ गाउँमै चल्न थाल्याे ।

....

अति    नजिक   भएरै  बस्नलाई भनेर

अवसर जतिलिन्थ्याे स्वच्छ साथी बनेर

तर दिन विति जाँदा बआज शौहार्द  छैन

कति दिन चुप   बस्ने   बन्धु नाता  रहेन।

....

ढक मक कति  राम्रो देखिँदैथ्याे चमेली

लह लह भइ  झुल्दा भीर  पाखा बनेली

तर मन किन फुल्थ्याे  पीर मर्काछ उस्तै

अघिपछि जति देख्थेँ आज उस्तै दुरुस्तै।

....

बल   बइँस हुँदाकाे बित्न  लाग्याे   उमेर

असहज  कमलाकाे   कत्ति  बस्ने  सुनेर

पल पल  कति  हेरौँ  अश्रु  धारा  बहेकाे

सुख दुख सब लेखौँ लाग्छ सारा कहेको।


             शारदा कार्की

              विराटनगर