कविता :-"भुकम्प "

पूर्णबहादुर श्रेष्ठ "हृदयङकृत"

पनौती न.पा.-३,काभ्रे


न दिन भन्छ, न रात भन्छ

सुटुक्क आउँछ,खुसुक्क जान्छ

कतिको ज्यान लिन्छ

कतिलाई घाइते बनाउँछ

प्रकृतिको लिला

बढो अचम्मको छ।


भौतिक संरचना पनि भन्दैन्

घाइते बिरामी पनि भन्दैन

न आउने खवर दिन्छ

न जाने नै खवर दिन्छ

सबैको मन मात्रै कहाँ हो र!

जमिन पुरै हल्लाएर जान्छ।


न खोज छ न खवर छ

आउने,जाने आफ्नै तौर तवर छ

आफ्नो अर्को भन्दैन

सानो ठुलो गन्दैन

आफ्नो बाट आफ्नालाई नै

छुटाएर लैजान्छ

मन मुटु सबै  चुँटाएर लैजान्छ

कतिपयलाई शोकमा पार्छ

बाँचेकालाई भोकमा पार्छ

पापी भुकम्प!!


जमिनकै स्वरुप बदल्छ

जताततै हलचल छ

नदेखिन्छ न छेकेर छेकिन्छ

सारा प्राणीको जीवनमा

उथलपुथल पारीदिन्छ!

न जित्नको लागि आउँछ

न हार्नको लागि आउँछ

आउँछ केवल आफ्नै

सन्तुलन राख्नको लागि आउँछ

भुकम्प !!!


आफू हल्लिन्छ अरुलाई हल्लाउँछ

खोइ कसरी आउँछ कसरी जान्छ

अदृश्य छ शक्ति

कसैलाई गर्दैन भक्ति

रुवाउँछ शोकमा डुबाउँछ

देखाउँछ दम्भ

कस्तो भुकम्प !!!

२०८१/११/१६गते(३:००बजे)