काठमाडौँ ,अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको छ । एयर क्वालिटी इन्डेक्स(एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ । वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढीनै  हुनेगरेको छ। चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुने गर्दछ।भने दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलदै जाने व्यक्त गरे। उनको भनाइ अनुसार त्यसबाहेक चिसोमा फोहोर टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उनको भनाइ रहेको छ । एक्यूआईका अनुसार आज काठमाडौँ उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको हो । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ । लाहोरको एकयुआई तीन सय एकचालीस  एक्यूआई छ । साथै दोस्रो स्थानमा रहेको भारतको कोलकातको एक्यूआई दुई सय अढ्चालिस तेस्रो स्थानमा मङ्गोलियाको उलानबाटरको एक्यूआई दुई सय अढ्तिस छ । साथै चौथो स्थानमा रहेको प्रदूषित सहर भारतको नयाँ दिल्लीको एक्यूआई दुई सय सत्ताइ एक्यूआई छ । विपद व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार शून्यदेखि पचास  सम्मको एक्यूआईलाई राम्रो मानेर हरिया सङ्केत दिइन्छ । साथै एकाउन्न  देखि एक सयसम्मको एक्यूआईले होसियार रहन सङ्केत गर्ने गर्दर्छ । एक सय एकदेखि एक सय पचास सम्मको एक्यूआई हुँदा श्वासप्रश्वासमा समस्या हुने र मुटु रोगीका लागि खतरा मानिने जानकारी दिएका छन् ।