राजविराज ,पैसा दोब्बर पारिदिने भन्दै रकम लिएर ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एकजनालाई आइतबार नियन्त्रणमा लिएको हो। तिलाठी कोईलाडी गाउँपालिका,६ का हनुमानी भनिने रामबहादुर रजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।भने सर्वसाधारणसँग रकम लिएर दोब्बर रकम बनाइदिने भन्दै ठगी गर्दै आएको आरोप रजकमाथि लगेको छ । लामो समयदेखि सप्तरीमा रजकले ठगी गरिरहेको आरोप लागेको भएपनि प्रहरीमा उजुरी परेको थिएन । पीडितले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिई रजकलाई आइतबार गाउँबाटै पक्राउ गरि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।