विराटनगर ।कोशी राजमार्गको धनकुटा नगरपालिका १ निगालेमा सनिवार अपरान्ह यात्रु वाहक हाइस बब दुर्घटना हुँदा सात यात्रु घाइते भएको छन् ।

काठमाण्डौबाट हिले तर्फ जाँदै गरेको ग २ ख १९५७ नम्बरको हाईस अनियन्त्रित भएर पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा धनकुटा नपा १ बस्ने वर्ष ३६को रामचन्द्र तामाङ, पाख्रीबास नपा ६ का ३९ वर्षीय डिक बहादुर मगर, धनकुटा नपा १ का १८ को अभिषेक मगर, हिले कै ३५को युमेश बिक, वर्ष १३की निष्मा, युमेश वर्ष ३५की कल्पना बिक र पाख्रीबास नगरपालिका २ बस्ने वर्ष ४० को झमक बहादुर आले रहेको जानकारी आएको छ ।

घाइते मध्ये ६जनाको जिल्ला अस्ताल धनकुटामा उपचार भई रहेको छ भने एक जना धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ। गाडीका चालक हुम्ला घर भई हाल जिल्ला काठमाण्डौ ९ एकान्तकुना बस्ने वर्ष ३९को बिजय कार्कीलाई इलाका प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।