विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-५, मुसहर टोलमा घरायसी विवादका कारण एक महिलाको  ज्यान गएको छ। घटनामा संलग्न रहेको आरोपमा मृतकका श्रीमानलाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। सुनसरीका  प्रवक्ता डीएसपी योगराज खतिवडाका भनाइ  अनुसार शनिबार  राति करिब ९ बजे ३० वर्षीय सोनिया मुसहरले मादक पदार्थ सेवन गरी आफ्नी २४ वर्षीया श्रीमती ढलिसदा मुसहरसँग वादविवाद परेको थियो।

विवादका क्रममा सोनियाले ढलिसदालाई कुटपिट गरेका थिए। गम्भीर घाइते ढलिसदालाई घरमै राखिएको अवस्थामा असार ८ गते बिहान करिब ९:२५ बजे मृत अवस्थामा फेला परेको खबर प्रहरीलाई प्राप्त भएको थियो। प्रारम्भिक अनुसन्धानबाट ढलिसदाको मृत्यु श्रीमानको कुटपिटबाट भएको देखिएपछि प्रहरीले सोनिया मुसहरलाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।