विराटनगर।महानगरपालिका–३ टिपरको ठक्करले बिहीबार एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएको सुन्दरहरैँचा नगरपालिका–१२ का ५० वर्षीय शुशिल बजगाइँको मृत्यु भएको हो ।
को१क ९५३ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश१–०१–०२–०४८प ३७८१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा घाईते स्कुटर चालक सुन्दरहरैंचा–१२ का २० वर्षीय पृतम बजगाइँ र स्कुटरको पछाडि सवार ५० वर्षीय शुशिललाई तत्काल उपचारको लागि बिराट टिचिङ्ग अस्पताल लगिएको प्रहरीले जानकारी आएको छ। थप विवरण आउन बाकी छ।




















